गृहपृष्ठ

  • माननीय कृषि मन्त्री श्री शैलेन्द्र प्रसाद साह ज्यूबाट सुरुंगा सा.व. सुरुंगा न.पा. ६ स्थित वृक्षारोपण

सप्तरी मधेश प्रदेश अन्तर्गत पर्दछ । यस जिल्लामा १८ वटा स्थानीय तह हुन जसमध्ये आठ वठा स्थानीय तहमा मात्र वन क्षेत्र रहेको छ । यस जिल्लाको कुल भू–भाग (१२८१०० हेक्टर) को १६.५० प्रतिशत (२११३६ हेक्टर) मा मात्र वनक्षेत्र रहेको छ । जम्मा वन क्षेत्र मध्ये तराई क्षेत्रमा २६४८ हेक्टर (२.०७ प्रतिशत) र चुरे क्षेत्रमा १८४८८ हेक्टर (१४.४३ प्रतिशत) वन क्षेत्र रहेको छ । साविक पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्ने सप्तरी जिल्ला समुद्र सतहबाट ५९ मि.(तराई) देखि ४३७ मि. (चुरे पहाड) सम्मका उचाईका भू–भागहरुमा फैलिएर रहेको छ । उष्ण हावापानी ९त्चयउष्अब िअष्mिबतभ० पाइने सप्तरीं जिल्ला जैविक विविधताको दृष्टिले पनि धनी छ । जिल्लाको कुल जनसंख्या र धरधुरी क्रमशः ६,३९,२८४ र १,२१,०९८ रहेको छ । जिल्लालाई प्रशासनिक÷राजनैतिक आधारमा ४ संघिय प्रतिनिधि क्षेत्र, ८ प्रदेश प्रतिनिधि क्षेत्र र १८ स्थानिय तह (९ नगरपालीका र ९ गाउँपालीका) मा विभाजन गरिएको छ । वन क्षेत्र मध्ये ७०१४.५० (३३%) हे. कोशीटप्पु वन्यजन्तु आरक्ष अन्तरगत पर्दछ भने १४१२१.५० (६७%) हे. मात्र डिभिजन वन कार्यालय,सप्तरीको कार्यक्षेत्र भित्र पर्दछ ।
यो जिल्ला जैविक विविधता, मठमन्दिर र पोखरीको हिसाबले धनि छ । छिन्नमस्ता माँ भगवती, कंकालिनी भगवती, राजदेवी माँ भगवती, शम्भुनाथ स्थित शम्भु बाबा जिल्लाको प्रसिद्ध मन्दिरहरुको रुपमा रहेका छन । यो जिल्ला माछापालन तथा आँप उत्पादनको दृष्टिकोणले अत्यन्त उपयुक्त मानिन्छ । यहाँ सार्वजनिक तथा निजी गरी १९६१ भन्दा बढी पोखरीहरु रहेका छन भने ७७४ हेक्टर भन्दा बढी क्षेत्र आँपको वगैचाको रुपमा रहेका छन ।
यस जिल्लामा संघीय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम र प्रदेश सरकारबाट स्वीकृत कार्यक्रमहरु सञ्चालन भैरहेका छन । यस पुस्तिका मार्फत डिभिजन वन कार्यालयबाट चालु आ.व. २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनका सन्दर्भमा हासिल भएका उपलब्धीहरु तथा देखा परेका चुनौतीहरुलाई यथार्थ रुपमा आम जनसमुदाय र सम्वन्धित निकाय समक्ष उजागर गरी वन वन्यजन्तु एवं जैविक विविधता संरक्षणमा चासो राख्ने सबै सरोकारवालाहरुको ध्यानकर्षण भई यसको समुचित व्यवस्थापन तर्फ सक्रियता बढ्न जानेछ भन्ने आशा गरेको छु । साथै यस पुस्तिकामा उल्लेख भएका तथ्याँक एवं विवरणहरु वन वातावरणमा अभिरुची राख्नु हुने सम्पूर्ण सरोकारवालाहरु, कार्यालय, अनुसन्धानकर्ता, शोधकर्ता, सरकारी तथा गैरसरकारी संस्थाहरुलाई उपयोगी सिद्ध हुनेछ भन्ने सोच हामीले राखेका छौं ।