सरकारद्वारा व्यवस्थित वन

वन ऐन, २०४९ को परिच्छेद ३ र वन नियमावली, २०५१ को परिच्छेद २ मा सरकारद्धारा व्यवस्थित वनको व्यवस्था गरिएको छ । राष्ट्रिय वनको यो भागलाई वन विभागबाट स्वीकृत भएको कार्ययोजना वमोजिम डिभिजन वन कार्यालयबाट व्यवस्थापन गरिन्छ । यस्तो वनको पैदावारमा सरकारको स्वामित्व रहन्छ र इजाजत प्राप्त अधिकारीबाट इजाजत नलिई कुनै प्रकारको वनपैदावार उपलब्ध गर्न, संकलन गर्न, विक्रीवितरण गर्न तथा निकासी वा ओसारपसार गर्न पाईदैन । यस डिभिजन वन कार्यालयको कार्यक्षेत्र भित्र पर्ने १४१२१.५० हेक्टर मध्ये ३३०३.९९ हे. (१५.६३ %) वनक्षेत्र सरकारद्धारा व्यवस्थित वनको रुपमा डिभिजन वन कार्यालयबाट रेखदेख भैरहेको छ । उक्त वन क्षेत्र उपभोक्ताहरुको पँहुच बाहिर तथा वन संरक्षणको दृष्टिकोणले संवेदनशिल रहेको पाइएको छ । उक्त वनक्षेत्रलाई संरक्षणमुखी वन ब्यवस्थापनको अवधारण अनुरुप ब्यवस्थापन गरिने छ ।